धर्मशास्त्रमा धेरै अवसरहरूमा नृत्यको
उल्लेख गरिएको छ।
आराधनाको रूपमा नृत्य
परमेश्वरका मानिसहरूको पहिलो
उपस्थिति प्रस्थान १५:२० मा
पाइन्छ: "हारूनकी बहिनी
मिरियम भविष्यवक्ताले आफ्नो
हातमा खैँजडी लिएकी
थिइन्, र सबै स्त्रीहरू
खैँजडी र नाच्दै
उनको पछि लागे।" मिरियमको
नेतृत्वमा प्रभुको लागि
यो रमाइलो नाच, इजरायलले
लाल समुद्र पार
गरेपछि र दासत्वबाट इजरायलको
नयाँ स्वतन्त्रताको उत्सव
मनाइयो।
यद्यपि, नृत्यलाई
बाइबलमा सधैं सकारात्मक रूपमा
प्रस्तुत गरिएको छैन।
मिरियमको प्रशंसाको नाच
भएको केही समयपछि, इस्राएलीहरू
सुनको बाछोको पूजामा
नाचिरहेको भेटिए। "जब
मोशा छाउनीमा पुगे
अनि ईजरायलीहरुले बाछो
बनाएर त्याहाँ
नाचिरहेको देखे, तब
उनलाइ रिस उठ्यो र
तिनले आफ्ना हातबाट
पाटीहरू फाले, पहाडको
फेदमा टुक्रा-टुक्रा पारे"
(प्रस्थान ३२:१९)। यस
अवसरमा नाच एक दुष्ट,
मूर्तिपूजक हिंडोलाको एक
हिस्सा थियो। यसरी,
नृत्य अभिव्यक्तिको एक
मोड हो जुन असल
वा खराबको लागि
प्रयोग गर्न सकिन्छ।
अन्य उदाहरणहरूमा २
शमूएल ६:१६ समावेश
छ,
जसमा दाऊदले "परमप्रभुको
अगाडि उफ्रँदै र
नाचिरहेका" छन्। साथै, अमालेकीहरूले
यहूदा र पलिश्तिहरुलाइ लुट्दा
उत्सव मनाउदै नाच्दै
गरेको पाउँछौ (१
शमूएल ३०:१६); तिनीहरूको
नृत्य अल्पकालीन थियो,
तथापि, दाऊद र तिनका
मानिसहरूले चाँडै तिनीहरूलाई
पराजित गरे (पद
१७-२०)।भजनसंग्रहले उपासनाको कार्यको
रूपमा नृत्यलाई एक
अद्वितीय रूप दिन्छ। भजनसंग्रह
३०:११
मा,
भजनरचयिता भन्छन्, "तपाईंले
मेरो विलापलाई नाचमा
परिणत गर्नुभयो।" भजन
१४९:३
ले परमेश्वरको उपासना
गर्न नाचको प्रयोगलाई
प्रोत्साहन दिन्छ: “तिनीहरूले
नाच्दै उहाँको नाउँको
प्रशंसा गरून्!” त्यस्तै
गरी,
भजन १५०:४ ले
आग्रह गर्छ, “खैँजरी
र नाच्दै उहाँको प्रशंसा
गर!”
मरियम जस्तै। कसै-कसैले
नृत्य पुरानो नियमको
अभिव्यक्तिको रूप हो भनेर
तर्क गरेका छन्।
नयाँ नियममा नाचलाई
उपासनाको विधिको रूपमा
उल्लेख नगरिएको हुनाले,
इसाईहरूले यसरी उपसना गर्नु
हुँदैन। यद्यपि, यो
मौनताको तर्क हो र
स्पष्ट बाइबलीय शिक्षामा
आधारित छैन। प्रारम्भिक क्रिस्चियनहरूको ठूलो हिस्सा यहूदी
थिए र सम्भवतः तिनीहरूले
बौरिउठ्नुभएको मसीहको प्रशंसामा
यहूदीहरूको उपासनाको रूपहरू
समावेश गरेका थिए।
अर्को चिन्ता पापपूर्ण
गतिविधिहरु संग नृत्यको संगत
छ। विचार यो
छ कि, यदि नृत्य उपसनामा
प्रयोग गरिन्छ भने, यो
अन्य परिस्थितिहरूमा नृत्यलाई
अनुमोदन गर्ने रूपमा
देख्न सकिन्छ जुन कुराले परमेश्वरको सम्मान
गर्दैन। तर, यो
आवश्यक छैन। १ शमूएलमा
अमालेकीहरूको नाचले दाऊदलाई
२ शमूएलमा नाच्नबाट रोकेको
थिएन। क्रिस्चियनहरू नृत्य
प्रयोग गर्न स्वतन्त्र छन्
किनभने तिनीहरू संगीत,
चित्रकला, नाटक, वा चलचित्र
निर्माण जस्ता अन्य
कला प्रकारहरू गर्छन्।
जबसम्म नृत्य उपासनायोग्य,
ईश्वर-केन्द्रित र प्रशंसायोग्य
हुन्छ, तबसम्म यसको आराधनामा
उचित स्थान हुन
सक्छ। उपासना नृत्य
हेरोडियासकी छोरीको मोहक
नृत्यबाट धेरै टाढा छ (मार्क ६:१७-२८)।
अन्तमा, यो बुझ्न महत्त्वपूर्ण
छ कि उपसनाको सन्दर्भमा
नृत्य मात्र आत्म-अभिव्यक्ति
होइन। यो सम्पूर्ण मण्डलीको
लागि उपयोगी हुने
तरिकामा गर्नुपर्छ। पावलले
चर्चमा "सबै कुरा सुहाउँदो
र व्यवस्थित तरिकामा गरिनुपर्छ"
भनेर उल्लेख गरे (१
कोरिन्थी १४:४०)। "सबै
कुरा" मा उपासनामा नृत्यको
प्रयोग समावेश हुनेछ।
आराधनाको समयमा ख्रीष्टमा
ध्यान केन्द्रित गर्नबाट
विचलित हुने कुनै पनि
कुरालाई त्याग्नुपर्छ। प्रत्येक
मण्डलीले आफ्नो उपासना
सेवालाई परमेश्वरको सम्मान
गर्ने र उनीहरूको समूह
भित्रका मानिसहरूलाई प्रोत्साहन
गर्ने तरिकामा संरचना
गर्ने जिम्मेवारी वहन
गर्दछ।
नृत्यलाई धर्मशास्त्रमा उपासनाको
कार्यको रूपमा प्रयोग
गरिएको छ र आज
पनि त्यसरी नै
प्रयोग गर्न सकिन्छ। यद्यपि,
मण्डलीहरूले अरूलाई प्रलोभन
वा पापमा डोर्याउने
नृत्यबाट बच्नको लागि
ख्याल गर्नुपर्छ, र
ध्यान परमेश्वरको आराधनामा
नै रहनुपर्छ। नृत्य
एक सुन्दर कला
रूप हो जसले सत्यलाई
संवाद गर्न सक्छ, परमेश्वरको
महिमा ल्याउन र
अरूलाई सुधार्न सक्छ।
No comments:
Post a Comment