परिचय
ख्रिष्टियन मिसन सबै लागि र सबैले गर्ने काम हो । एउटा विशेष उद्देश्य पुरा गर्न यो मिशनमा सृष्टिकर्ता परमेश्वरले अधिकार सम्पन्न, सशक्त र सक्षम निकायको रुपमा पृथ्वीमा मानिसलाई पठाउनु भएको छ । परमेश्वरले सृजनु भएको संसारमा उहाँको वास्ता र अधिकारको साक्षीदिन र उहाँको पक्षमा त्यसको जीम्मा लिई अधिकार गर्न तिनीहरुले स्त्री र पुरुषलाई सृष्टि गर्नु भयो ( उत्पत्ति १ः२६–२८)। तर तिनीहरुले आफ्नै हैसियतलाई तल झारी, विरोधीको सल्लाहमा परमेश्वरको स्वरुपमा हुदाँ हुदै पनि यस संसारका कुराहरुलाई प्रयोग गरी त्यो हासिल गर्ने प्रयास गरेर परमेश्वरले दिनुभएको महान मिसनमा असफल भए । परमेश्वरले उहाँको मिसनलाई प्रतिनिधित्व गर्ने र उहाँको अधिकार र ज्ञानलाई अभ्यास गर्ने निकायको रुपमा मानव जाति स्थापित भएको चाहनु भयो तर तिनीहरु त्यसमा असफल भए ।
मिसनको अर्थ र परिभाषा
मिसन शब्द ल्याटिन शब्द “मिसिओ” र ग्रीक शब्द “एपोस्टोलोस” बाट आएको हो जसको अर्थ “पठाउनु” वा विशेष कामको लागि कसैलाई पठाउनु अर्थात बिशेष कामको लागि पठाइएको व्यक्ति भन्ने हुन्छ । यस कारण मिसन भनेको विशेष उद्देश्यको लागि कसैलाई पठाउने कृयाकलाप वा कार्य हो । मण्डली ग्रीक शब्द “एक्लेसिया”को अर्थ उद्देश्यका साथ बोलाइएको एक व्यक्ति हो । “एपोस्टल” शब्द नया करारमा १३५ पटक प्रयोग भएको छ । यस मध्य सुसमाचारको पुस्तक र प्ररितमा १२३ पटक उल्लेख भएको गरिएको छ ।
मिसन भनेको सुसमाचारद्धारा सारा राष्ट्रहरुलाई साक्षी दिन पठाइने काम हो ।
“मिसन भनेको कुनै उद्देश्यको लागि पठाईएको व्यक्ति वा समुहबाट गरिएको काम हो । ”
ख्रिष्ट्रियन मिसन
“ख्रिष्टियन मिसन कुनै व्यक्ति वा समुहद्धारा विश्वासमा मानिसहरु जित्ने प्रयत्न हो ।” यो कार्य परमेश्वरबाट शुरु हुँदछ । परमेश्वरको मिसन जहिले पनि सहभागितामा गरिन्छ । यो कार्य त्रिकोणात्मक सहभागितामा सुरु भयो । यहोवाले पतन भइएको मानवलाई खोज्नु भयो र बोलाउनु भयो । त्यस पछि परमेश्वरले पवित्र आत्मालाई पठाउनु भयो, जसले मण्डलीलाई भरपुर गरेर संसारमा सुसमाचारको घोषणा गर्दछ ।
मिसन के हो ?
- मिसन उद्दारकर्ता परमेश्वर येशु ख्रीष्टको आज्ञा हो । (मत्ति २८ः१९ देखि २०)
- यो विश्वासीहरु, व्यक्ति र मण्डलीको दायित्व हो ।
- ख्रीष्ट्रियन मिसन ख्रीष्टको निम्ति मानिसहरु जित्नु हो ।
- छानिएका वा चुनिएका व्यक्तिहरुको समुहलाई मिसन भनिन्छ ।
- हराएकाहरुलाई खोज्नु र उद्दार गर्नु । (लूका १९ः१०)
प्रत्येक विश्वासी र स्थानिय मण्डलीहरुलाई उहाँले संसारमा महान आज्ञा पुरा गर्न पठाउनु भएको छ । विभिन्न किसिमका झुटा, व्यर्थका, शक्तिहिन मानव निर्मित सस्ंकार, परमपरा, वस्तु, व्यक्ति, सिद्धान्त, दर्शन र भावनामाथि सुसमाचार सुनाई सँगति गरी हुर्काउदै मण्डली स्थापना गर्ने कामलाई मिसनको काम भनिन्छ ।

wow
ReplyDelete