लेखक: अनिल राई

यो निकै महत्वपूर्ण प्रश्न हो । धेरै मानिसहरूले प्रश्न गर्ने गर्दछन कि येशूले किन अन्य भाषा बोल्नु भएन ? यो धेरै इशाईहरुले आफ्नो मनमा खेल्ने प्रश्नहरू मध्ये यो पनि एक हो । आखिर किन त येशूले अन्यभाषा बोल्नु भएन त ?
येशूले किन अन्यभाषा बोल्नु भएन भनेर प्रश्न गर्नु
भन्दा पहिला हामीले यो कुरा सोच्नु आवश्यक छ कि अन्यभाषा किन बोल्नु पर्दछ ? १ कोरिन्थी १४:४ ले भन्दछ,
‘अन्य भाषा बोल्नेले आफ्नै आत्मिक वृद्धि गर्दछ ।ʼ के येशूलाई पनि आफ्नो आत्मिक बृद्धि गराउन आवश्यक थियो त ? बाइबलले हामीलाई येशूको बारेमा दुई कुरा भन्दछ, पहिलोः
उहाँ परमेश्वर हुनुहन्छ, दोस्रोः उहाँ परमप्रभु परमेश्वरको
पुत्र हुनुहुन्छ । परमेश्वरको पनि आत्मिक बृद्धि गर्नु पर्छ र ? हो बाइबलले हामीलाई यो पनि भन्दछ कि उहाँ पूर्ण रूपमा मानिस हुनुहुन्थ्यो
तर शरिरीक रूपमा उहाँ मानिस हुनुहुन्थ्यो तर बाइबलले भन्दछ, उहाँ
सबै कुरामा परिक्षित हुनु भयो तर पनि पाप रहित हुनुहुन्थ्थो । यसको अर्थ यही हो कि
उहाँलाई आत्मिक बृद्धि गर्न आवश्यक थिएन । अन्य भाषा बोल्नेले आफ्नो आत्मिक बृद्धि
गर्दछ । तर येशू मानिस भएता पनि पूर्ण रूपमा आत्मिकी हुनुहुन्थ्यो । येशू मानव भई
संसारमा आउनु भयो र पनि हामी साधारण मानिसहरू भन्दा धेरै आत्मिक रूपमा परिपक्व
हुनुहुन्थ्यो ।
येशूले अन्य भाषा नबोल्नु भएको अर्को कारण चाहिँ
गलाती ४:४ ले भन्दछ, ‘.....उहाँ
व्यवस्थाको अधिनमा जन्मनु भयोʼ । पुरानो करार वा हिब्रू
बाइबलमा कसैले पनि अन्य भाषा बोल्नु भएको उल्लेख गरिएको छैन् । पूरानो करार वा
हिब्रू बाइबलमा अगमवाणी बोलेको कुरा पाउँछौँ तर अन्यभाषा बोल्ने अगमबक्ता कोही पनि
पाउँदैनौँ । यसैले येशूले अन्य भाषा बोलनु भएको कुरा पाउदैनौँ । येशु ख्रिस्टलाइ
सबै कुराको ज्ञान थियो, तिनीहरुलाइ थाहा थियो कि येशु कहिले
विध्यालाय जानु भएको थिएन । तरपनि उहाँलाई सबै कुरा थाहाँ थियो (यूहन्ना ७:१५)।
उहाँ स्वयम् बचन हुनुहुन्छ, (यूहन्ना १:१.२) ।
अर्को चाहिँ अन्यभाषा बोलिसकेपछि त्यसको अर्थ पनि खोल्नु पर्दछ । येशूले यस संसारमा आफ्नो मानिसहरूलाई अनन्त जीवनको र मुक्ति दिनको लागि आउनुभएको हो । अन्यभाषा र यसको अर्थ खोल्न आउनुभएको होइन । १कोरिन्थी १४:२२ ले भन्दछ, यसका।ण अन्य भाषाहरू विश्वासीहरूका निम्ति होइन, तर अविश्वासीहरूका निम्ति चिन्ह हो ….. । येशूले अविश्वासीहरूलाई चिन्ह देखाउनको लागि आश्चर्यपूर्ण काम गर्नु भयो तर अन्य भाषा बोल्नु भएन । किनकि अन्यभाषाको अर्थ पनि खोलिनु पर्दछ । येशूको आश्चर्यकामलाई त बालजिबुलको शक्तिबाट गरेको हो भन्ने त्यस समयका मानिहरूले झन अन्यभाषा बोल्नुभएको भए अझै के के भन्थे । हामीले बुझ्नु पर्छ, यस्तो कुरामा हामी प्रश्न गरेर बस्नुभन्दा हामी हाम्रो विश्वासमा स्थिर रहनु पर्छ अनि यो बुज्नु पर्छ कि अन्य भाषा हामी मानिस जातिको लागि हो ।

राम्रो छ ।
ReplyDelete