Thursday, December 14, 2023

परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?





 

        “परमेश्वर अवैयक्तिक ‘शक्ति’ नभएर व्यक्तित्व सम्पन्न व्यक्ति हुनुहुन्छ । उहाँसित ज्ञान, शक्ति, इच्छा अनि भावना छ । मानिस जातिको पनि ज्ञान, शक्ति, इच्छा अनि भावना हुन्छ । तर यसको अर्थ परमेश्वर मानिस जस्तो हुनुहुन्छ भन्ने हुँदैन (होशे ११ः९) । यसको विपरीत यी गुणहरु परमेश्वरमा भएका हुनाले मानिसमा पनि विद्यमान छन्, किनकि मानिस परमेश्वरको स्वरुपमा सृष्टि गरिएको छ (उत्पत्ति १ः२६) परमेश्वर आत्मा हुनुहुन्छ, यसकारण अदृश्य हुनुहुन्छ (यूहन्ना ४ः२४, रोमी १ः२०,१ तिमोथी १ः१७, हिब्रू ११ः२७) । मानवीय भाषाले शारीरिक आकृति नभएको कुनै व्यक्तिको बर्णन गर्न नसक्ने भएकाले परमेश्वरको विषयमा बर्णन सही रुपले गर्नलाई बाइबलले अरु चित्रहरु तुलनात्मक कुराहरु प्रयोग गर्नुपरेको हो । परमेश्वर केवल एक व्यक्ति मात्र हुनुहुन्न तर विश्वासीहरु उहाँसितको एउटा व्यक्तिगत सम्बन्धप्रति यति सचेत हुन्छन् कि उनीहरुले सामुहिक रुपमा उहाँलाई ‘हाम्रा परमेश्वर’ अनि व्यक्तिगत रुपमा ‘मेरो परमेश्वर’ भन्न सक्छन् (प्रेरित २ः३९, फिलिप्पी ४ः१९) ।” यस्तै परमेश्वर व्यक्तिगत हुनुहुन्छ र पनि उहाँ अपरिवर्तनीय हुनुहुन्छ वा परिवर्तन नहुने परमेश्वर हुनुहुन्छ । 


        अझ स्पष्ट सँग भन्दा परमेश्वर मानिसहरु जस्तै व्यक्तिगत हुनुहुन्छ तापनि मानिस झै परिवर्तन हुने हुनुहुन्न । “परमेश्वर तार्किक स्वसचेत र आफै निर्णय गर्न सक्ने बुद्धिमान् नैतिक अस्तित्व हुनुहुन्छ ।” परमेश्वर एक व्यक्ति पनि हुनुहुन्छ, उहाँ “यस्तो व्यक्ति हो, जसमा विचार गर्ने, अनुभव गर्ने र निर्णय गर्ने शक्ति हुन्छ । परमेश्वरको शरीर नभएर पनि उहाँको बुद्धि र विचार, अनुभव र तर्क गर्नसक्ने शक्ति अवश्य पनि छ । बाइबलले प्रकट गर्छ, कि उहाँले अरुहरुसँग कुरा गर्नुहुन्छ र उहाँले निर्णयहरु बनाउनुहुनछ । यी सबै एक व्यक्तिमा हुने स्वभाव वा चरित्रहरु हुन् । यसैले परमेश्वर व्यक्तिगत परमेश्वर हुनुन्छ ।” परमेश्वर व्यक्तिगत हुनुहुन्छ भन्दा कहिले काही हामी परमेश्वरलाई हामी मानिसहरु जस्तैको रुपमा तुलना गर्दछौँ । उहाँमा मानिसमा भएको गुणहरु छ तर यसको अर्थ यो होइन कि परमेश्वर मानिस हुनुहुन्छ । परमेश्वरले मानिसलाई बनाउनु भएको हो मानिसले परमेश्वरलाई होइन । (तर फेरी हामीले ध्यान दिनु पर्दछ । परमेश्वर मानिस होइन भन्दा येशू ख्रीष्ट पनि परमेश्वर होइन भन्न चाहिँ मिल्दैन किनकि येशू हामीहरुको लागि मानिस भएर आउनु भएको हो भनेर बाइबलले हामीलाई बताउँछ । 

        येशू मानिस भएर परमेश्वर हुनु भएको होइन तर परमेश्वर भएर नै मानिस हुनुहुभएको हो । अर्थात उहाँ मानिस हुदाँ पनि उहाँ परमेश्वर नै हुनुहुन्थ्यो । (मैले यहाँ परमेश्वर पिता र पुत्र परमेश्वर एकै व्यक्ति हो भन्ने कुरा गरेको छैन))“हामीहरु जस्तै परमेश्वर समय, ठाउँ र प्राकृतिक नियमहरुबाट सीमित हुनुहुन्न । उहाँ सधैभरी हुनुहुन्छ र हुनेहुनेछ । उहाँ सबै ठाउँमा हुनुहुन्छ । उहाँ सबै कुरा जान्नुहुन्छ र जे कुरा पनि गर्न सक्नुहुन्छ । कोही कोहीले विश्वास गर्छन्, कि परमेश्वर नै संसारलाई अधीन गर्ने अव्यक्तिगत दबाउ अथवा असलको निम्ति प्रभाव पार्ने शक्ति हुनुहुन्छ । हामीलाई थाहा छ कि परमेश्वर व्यक्ति हुनुहुन्छ, किनभने उहाँ विचार गर्नुहुन्छ, अनुभव गर्नुहुन्छ र काम गर्नुहुन्छ । वास्तवमा बाइबलले सिकाउँछ कि परमेश्वर एकमात्र हुनहुुन्छ जो तीन व्यक्तिमा प्रकट हुनुभएको छ, अथवा त्रिएक परमेश्वर । परमेश्वर पिता, परमेश्वर पुत्र र परमेश्वर पवित्र आत्मा, स्वभावमा , शक्तिमा र उद्देश्यमा एकै हुनुहुन्छ । उहाँहरु एकै व्यक्ति एकै परमेश्वरजस्तै पूर्ण मिलापमा काम गर्नुहन्छ ।”



के बाइबल साँच्चै परमेश्वरको वचन हो?

         यस प्रश्नको उत्तरले यो हामीले कसरी बाइबललाई हेर्दछौँ, बाइबलको हाम्रो जीवनमा के महत्व छ? यि कुराहरुलाई मात्र निश्चित गर्दैन तर अन्त्यमा यसले हामीमा अनन्त प्रभाव पनि पार्नेछ। यदि बाइबल साँच्चै परमेश्वरको वचन हो भने, हामीले यसलाई लिनुपर्दछ, पढ्नु पर्दछ, पालना गर्नुपर्दछ, र यसमाथि हामीले पुरा भरोसा गर्नुपर्दछ। यदि बाइबल परमेश्वरको वचन हो भने बाइबललाई उल्लंघन गर्नु वा इन्कार गर्नु भनेको परमेश्वरलाई नै इन्कार गर्नु हो।


        सत्य यही हो कि परमेश्वरले आफ्नो प्रेमको प्रमाण र उदाहरण स्वरूप बाइबल हामीलाई दिनुभएको हो। "प्रकाश" शब्दको साधारण अर्थ चाहीँ परमेश्वर कस्तो हुनुहुन्छ र हामीले कसरी उहाँसँग ठीक सम्बन्ध राख्न सक्छौ भनी मानिससित परमेश्वरले गर्नुभएको बातचित हो। यि यस्ता कुराहरू हुन यदि परमेश्वरले यी कुराहरुलाई बाइबलमा प्रकट नगर्नु भएको भए हामीले कहिल्यै पनि यि कुराहरुलाई जान्ने थिएनौँ। परमेश्वरले आफ्नो प्रकाश बाइबलमा क्रमिकरुपमा लगभग १५०० वर्षलगाएर दिनुभएको हो, मानिसले परमेश्वरको बारेमा जान्न चाहेने र उहाँसँग ठीक सम्बन्ध राख्न चाहेमा मानिसलाई यिनी कुराहरू सम्बन्धित चाँहिने सबैथोक परमेश्वरले बाइबलमा राखिदिनुभएको छ। यदि बाइबल साँच्चै परमेश्वरको वचन हो भने, यो नै विश्वासको विषयमा, धार्मिक अभ्यासको बिषयमा र नैतिकताको विषयमा अन्तिम अधिकार हो।

        एउटा प्रश्न हामीले आफैलाई सोध्नै पर्छ कि कसरी हामी जान्न सक्छौं कि बाइबल परमेश्वरको वचन हो र यो एक असल पुस्तक मात्रै होइन? बाइबल कुन कारणले अबितीय छ कि जसले बाइबललाई अहिलेसम्म लेखिएका सबै धार्मिक पुस्तकहरुबाट भिन्न तुल्याउँछ? के यस्तो कुनै प्रमाण छ जसले बाइबल साँच्चै परमेश्वरको वचन हो भनी बताउँछ? यस्ता प्रकारका प्रश्नहरु लगायत यदि हामी गम्भीर भई बाइबलिय दाबीहरुलाई हेर्छौँ भने र जाँच्छौँ भने हामी निश्चय नै बुझनेछौँ की बाइबल मात्र परमेश्वरको वचन हो, यो परमेश्वरको प्रेरणाबाट लेखिएको हो र यो हाम्रो विश्वास र अभ्याससँग सम्बन्धित सबै कुराहरुको लागि पर्याप्त छ। बाइबल आफैले नै परमेश्वरको वचन हो भनी गरेको दाबीमा कुनै शंकै छैन। पावलले तिमोथीलाई स्पष्टै आदेश दिएका छन्: जसले भन्छ कि, "तिमी बाल्यकालदेखि पवित्र-धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ। सम्पुर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रुपले सुसज्जित भई सिद्ध भएको होस्" (२ तिमोथी ३:१५-१७)।

        बाइबल परमेश्वरको वचन हो भन्ने विषयमा यहाँ आन्तरिक र बाह्य दुबै प्रमाणहरुलाई दिएको छ। आन्तरिक प्रमाणहरु बाइबल भित्रबाट कै हुन जसले बाइबलको इश्वरीय सुरुवातको बारेमा गवाही दिन्छन्। बाइबल परमेश्वरको वचन हो भन्ने पहिलो आन्तरिक प्रमाण बाइबलमा भएको एकता हो। तैपनि बाइबलमा छुट्टाछुट्टै ६६ पुस्तकहरु छन्, यि किताबहरु ३ महादेशहरुमा लेखिएका हुन्, ३ छुट्टाछुट्टै भाषाहरुमा लेखिए, यि किताबहरु लेख्न झण्डै १५०० वर्षलाग्यो, यि किताबहरु ४० भन्दा बढी लेखकहरुले लेखे जो भिन्न भिन्नै पृष्ठभूमिबाट अएका थिए, तैपनि बाइबल सुरुवात देखि अन्त्यसम्मै मात्र एक पुस्तकको रुपमा निर्विवाद रहन्छ। यो एकताले नै बाइबल परमेश्वरको वचन भएको प्रमाण दिन्छ कि परमेश्वरका जगहरु परमेश्वरद्वारा चलाइए र तिनीहरुले परमेश्वरका वचनहरुलाई अभिलेख गरे अनि एकत्रित गरे।

        बाइबल परमेश्वरको वचन हो भनी प्रमाण दिने दोस्रो आन्तरिक प्रमाण हो अगमवाणी जो बाइबलका पानाहरुमा स्पष्टसँग राखिएको छ। बाइबलमा यस्ता सयौँ व्यक्तिगत भविष्यवाणीहरु दिएका छन् जसमा इस्राएल, अरु शहरहरु, र मानवताको भविष्य उल्लेखित गरिएको छ। अरू भविष्यवाणीहरू आउनेवाला ख्रीष्ट अथवा मसिहको बारेमा, मुक्तिदाता जसलाई संसारका सबैका जातिले विश्वास गर्ने छन्। यि भविष्यवाणीहरु अरु धर्मशास्त्रमा भेटिएका भविष्यबाणीहरु जस्ता छैनन्, अथवा नास्त्रेदेमुसले गरेका भविष्यवाणीहरु जस्ता पनि छैनन् कारण बाइबलीय भविष्यवाणीहरु अग पूर्ण रुपमा स्पष्टसँग अभिलेख गरिएका छन् र पुरा हुनबाट कुनै भविष्यवाणीहरु चुकेका छैनन्। प्रभु येशू ख्रीष्टसँग सम्बन्धित पुरानो करारमा लगभग ३०० भविष्यवाणीहरु छन्। यि भविष्यवाणीहरुमा उहाँ कहाँ जन्मनु हुन्छ र कुन परिवारबाट आउनुहुनेछ, मात्र भनिएन तर कसरी मर्नुहुनेछ र पेरी मृतकहरुबाट पुनरुत्थान पनि हुनुहुने भनी बताइएको छ। पुरा भएका भविष्यवाणीहरुलाई व्याख्या गर्ने अर्को कुनै पनि तार्किक तरिका छैन जबसम्म हामी मानिलिन्नौ कि बाइबलको सुरुवात इश्वरीय प्रेरणा नै हो। यस्तो कुनै पनि धार्मिक पुस्तक संसारमा छैन जसमा बाइबलको जस्तै ऐतिहासिक भविष्यवाणीहरु उल्लेख भइ पुरा भएको प्रमाण होस्।

        बाइबल परमेश्वरको वचन हो भन्ने सम्बन्धमा तेस्रो बाइबलिय आन्तरिक प्रमाण चाँहि बाइबलको अनुपम अधिकार र शक्ति हो। पहिलेका दुई आन्तरिक प्रमाणहरु भन्दा यो प्रमाण चाँहि धेरै विषयगत देखिन्छ, यसमा पनि बाइबलको इश्वरीय सुरुवातको विषयमा भन्दा धेरै कम्ती नै शक्तिशाली गवाही छ भनेको चाँहि होइन। बाइबलको अधिकारको तुलनामा कुनैपनि पुस्तकहरु अहिले सम्म आधिकारीक छैनन्। यो अधिकार र शक्तिलाई उत्तम रूपमा लिइन्छ जसद्वारा अनगिन्ती जीवनहरु परमेश्वरको वचनको औलौकिक शक्तिद्वारा परिवर्तन भए। लागु औषधका दुर्व्यसनीहरु बाइबलद्वारा निको पारिए, समलिङ्गीले यसद्वारा छुटकारा पाए, त्यागेको र निरुत्साहित व्यीक्तिहरु यसबाट परिवर्तन भए, कठोर हृदय भएका अपराधीहरुको जीवन यसबाट सुधार भयो, पापीहरुले यसबाट हप्की र चेतावनी पाए, र घृणा यसबाट प्रेममा परिवर्तन भयो। बाइबलमा गतिशील र रूपान्तरणको शक्ति छ जुन साँच्चीकै परमेश्वरको वचन भएको कारणले नै सम्भव भएको हो।

        बाइबल साँच्चीकै परमेश्वरको वचन हो भन्ने प्रमाण बाइबलीय आन्तरिक प्रमाणहरु बाहेक अरु पनि बाह्य प्रमाणहरु छन्। यि मध्ये एउटा प्रमाण चाँहि बाइबलको ऐतिहासिक विषयवस्तु हो। किनभने बाइबलले ऐतिहासिक घटनाहरूका विवरण दिन्छ, यसको सत्यता र शुद्धता कुनै अन्य ऐतिहासिक दस्तावेज जस्तै प्रमाणिकरण गर्न विषय हो। त्यतिमात्र नभएर पुरातात्विक प्रमाणहरुद्वारा र अरु लिखित कागजातहरुद्वारा बाइबलमा उल्लेखित घटनाहरु समय समयमा पृष्टी भएरहेका छन् जसले बाइबललाई सत्य र ठीक साबित गर्दछन्। वास्तवमा, सबै पुरातात्विक र हस्तलिपीहरुले यस्तो प्रमाण दिन्छन् कि जसले बाइबललाई सबैभन्दा उत्तम र प्राचीन पुस्तक बनाउँदछन्। वास्तवमा बाइबलले ऐतिहासिक महत्वपुर्ण घटनाहरुलाई एकदमै ठीक र सत्यतापूर्ण तरिकाले अभिलेख गर्दछ र जब हामी अन्य धार्मिक विषयहरुमा र सिद्धान्तहरुमा सम्बन्ध राख्छौँ। यो बाइबलिय अभिलेखहरु नै महान चिन्ह वा लक्षणहरु हुन् जसले बाइबलमात्र परमेश्वरको वचन हो भन्ने दाबीलाई प्रमाणित गर्दछ।

        बाइबल परमेश्वरको वचन हो भन्ने विषयमा अर्को बाह्य प्रमाण चाँहि बाइबलका मानविय लेखकहरुको निष्ठा हो। पहिले नै बताइसकियो की, परमेश्वरले विभिन्न पृष्ठभूमिका मानिसहरुलाई आफ्नो वचन लेख्न चलाउनुभयो। यि मानिसहरुको जविनको अध्ययन गर्दा, ती मानिसहरु इमानदार र निष्कपट भएको पाउदछौँ। वास्तवमा तिनीहरुको जीवनको जाँचगर्दा यो कुरो सत्य हो कि आफ्नो विश्वासका खातीर तिनीहरु कष्टदायी मृत्यु मर्न इच्छुक थिए जसले यो प्रमाणित गर्दछ कि मानिसहरू साधारण तर विश्वासयोग्य मानिसहरू थिए जसले वास्तवमा परमेश्वरमा विश्वास गर्दथे जससँग परमेश्वर बोल्नुभएको थियो। ति मानिसहरु जसले नयाँ करार लेखे र ति सयौं विश्वासीहरुले (१ कोरीन्थी १५:६) आफ्नो सन्देशको सत्यतालाई थाहा पाए किनभने तिनीहरुले येशू ख्रीष्टलाई देखेका थिए र येशूको पुनरुत्थान पछि तिनीहरुले उहाँसँग समय बिताएका थिए। बौरी उठेको ख्रीष्टलाई देखेर उनिहरूको जीवनमा ठूलो प्रभाव परेको थियो। डरले लुक्नुभन्दा तिनीहरु परमेश्वरबाट प्रकट भएको मूल सन्देशको खातिर मर्न पनि तयार थिए। तिनीहरुको जीवन र मृत्युले वास्तवमै प्रमाणित गर्दछ की बाइबल परमेश्वरकै वचन हो।

        बाइबल परमेश्वरको वचन हो भन्ने सम्बन्धमा अन्तिम बाह्य प्रमाण चाँहि बाइबलको अविनाशी गुण हो। बाइबलको आफ्नो महत्वपुर्णता र परमेश्वरको एकमात्र वचन भएको दाबीको कारण, बाइबलले इतिहासमा कुनै पनि पुस्तकभन्दा धेरै आक्रमण र निन्दा र कष्ट सहेको छ। प्राचीन रोमी सम्राट जस्तो डायोसीलीश्यिन, देखि कम्यूनिष्ट शासकहरु र आजका आधुनिक नाष्तिकहरु र अज्ञेयवादीहरु सबैबाट बाइबलले आक्रमण र खेदी सहेको तर पनि आज बाइबल आफ्नै ठाउँमा खडा छ र संसारमा सबैभन्दा धेरै छापिने पुस्तकहरुमा प्रथम छ।

        समयबित्दै जाँदा, सन्देहवादिहरुले बाइबललाई पौराणिक कथा माने, तर पुरातत्व बिज्ञानले बाइबललाई ऐतिहासिक पुस्तकको रुपमा पुष्टि गरेको छ। विरोधीहरुले बाइबलका शिक्षाहरुलाई पुराना र बितिसकेका भनेर आक्रमण गरे, तर एसको नैतिक र कानुनी धारणा र शिक्षाले सबै संसारमा समाजहरु तथा संस्कृतिहरुमा सकारात्मक र प्रभावकारी छाप परेको छ। बाइबललाई निरन्तररुपमा विज्ञानले, मनोविज्ञानले, र राजनैतिक आन्दोलनहरुले आक्रमण गरिरहेका छन्, तर पनि बाइबल आजपनि सत्य परेश्वरको वचन आफ्नै ठाउँमा स्थिर छ र बाइबल लेखिएको समयमा झै आज पनि यो उस्तै छ। यो त्यही पुस्तक हो जसले बितेका २००० वर्षरुमा अनगिन्ती जीवनहरु र संस्कृतिहरुलाई परिवर्तन गरेको छ। कुनै समस्या र सन्देह छैन कसरी यसका बिरोधीहरुले बाइबललाई आक्रमण गर्ने, नाशगर्ने र मूल्यहिन बनाउने तयारी गर्दछन्, तर बाइबल पहिलेकै अवस्थामा पुर्णरुपमा सत्य पुस्तकको रुपमा रहिरहन्छ; बाइबलको सत्यता र प्रभाव हाम्रो जीवनमा अचूक रूपमा रहिरहन्छ। हरेक प्रकारका आक्रमणका बावजुदपनि, बाइबललाई नष्ट र भ्रष्ट बनाइन खोज्दा पनि बाइबलको सठिकता अझै पनि सुरक्षित छ यो नै बाइबल परमेश्वरको वचन हो भन्ने सत्य गवाही हो। यसले हामीलाई चकित पार्नु हुदैन कि, कसरी बाइबललाई आक्रमण गरिएको छ, तर जहिले पनि बाइबल अपरिवर्तनशील र नाश गर्न नसकिने पुस्तकको रुपमा रहिरहेको छ। यी सबैपछि, येशूले भन्नुभयो, "स्वर्ग र पृथ्वी बितिजानेछ, तर मेरा वचन कहिल्यै बित्नेछैनन्” (मर्कुस १३:३१)। यी सबै प्रमाणहरुलाई हेरिसकेपछि, कसैले पनि बिना शंका भन्न सक्छ कि, हो, बाइबल साँच्चीकै परमेश्वरको वचन हो।



Monday, December 11, 2023

येशूले किन अन्यभाषा बोल्नु भएन ?

लेखक: अनिल राई

                                

 यो निकै महत्वपूर्ण प्रश्न हो । धेरै मानिसहरूले प्रश्न गर्ने गर्दछन कि येशूले किन अन्य भाषा बोल्नु भएन ? यो धेरै इशाईहरुले आफ्नो मनमा खेल्ने प्रश्नहरू मध्ये यो पनि एक हो । आखिर किन त येशूले अन्यभाषा बोल्नु भएन त ?

येशूले किन अन्यभाषा बोल्नु भएन भनेर प्रश्न गर्नु भन्दा पहिला हामीले यो कुरा सोच्नु आवश्यक छ कि अन्यभाषा किन बोल्नु पर्दछ ? १ कोरिन्थी १४:४ ले भन्दछ, ‘अन्य भाषा बोल्नेले आफ्नै आत्मिक वृद्धि गर्दछ ।ʼ के येशूलाई पनि आफ्नो आत्मिक बृद्धि गराउन आवश्यक थियो त ? बाइबलले हामीलाई येशूको बारेमा दुई कुरा भन्दछ, पहिलोः उहाँ परमेश्वर हुनुहन्छ, दोस्रोः उहाँ परमप्रभु परमेश्वरको पुत्र हुनुहुन्छ । परमेश्वरको पनि आत्मिक बृद्धि गर्नु पर्छ र ? हो बाइबलले हामीलाई यो पनि भन्दछ कि उहाँ पूर्ण रूपमा मानिस हुनुहुन्थ्यो तर शरिरीक रूपमा उहाँ मानिस हुनुहुन्थ्यो तर बाइबलले भन्दछ, उहाँ सबै कुरामा परिक्षित हुनु भयो तर पनि पाप रहित हुनुहुन्थ्थो । यसको अर्थ यही हो कि उहाँलाई आत्मिक बृद्धि गर्न आवश्यक थिएन । अन्य भाषा बोल्नेले आफ्नो आत्मिक बृद्धि गर्दछ । तर येशू मानिस भएता पनि पूर्ण रूपमा आत्मिकी हुनुहुन्थ्यो । येशू मानव भई संसारमा आउनु भयो र पनि हामी साधारण मानिसहरू भन्दा धेरै आत्मिक रूपमा परिपक्व हुनुहुन्थ्यो ।

येशूले अन्य भाषा नबोल्नु भएको अर्को कारण चाहिँ गलाती ४:४ ले भन्दछ, ‘.....उहाँ व्यवस्थाको अधिनमा जन्मनु भयोʼ । पुरानो करार वा हिब्रू बाइबलमा कसैले पनि अन्य भाषा बोल्नु भएको उल्लेख गरिएको छैन् । पूरानो करार वा हिब्रू बाइबलमा अगमवाणी बोलेको कुरा पाउँछौँ तर अन्यभाषा बोल्ने अगमबक्ता कोही पनि पाउँदैनौँ । यसैले येशूले अन्य भाषा बोलनु भएको कुरा पाउदैनौँ । येशु ख्रिस्टलाइ सबै कुराको ज्ञान थियो, तिनीहरुलाइ थाहा थियो कि येशु कहिले विध्यालाय जानु भएको थिएन । तरपनि उहाँलाई सबै कुरा थाहाँ थियो (यूहन्ना ७:१५)। उहाँ स्वयम् बचन हुनुहुन्छ, (यूहन्ना १:१.२) ।

अर्को चाहिँ अन्यभाषा बोलिसकेपछि त्यसको अर्थ पनि खोल्नु पर्दछ । येशूले यस संसारमा आफ्नो मानिसहरूलाई अनन्त जीवनको र मुक्ति दिनको लागि आउनुभएको हो । अन्यभाषा र यसको अर्थ खोल्न आउनुभएको होइन । १कोरिन्थी १४:२२ ले भन्दछ, यसका।ण अन्य भाषाहरू विश्वासीहरूका निम्ति होइन, तर अविश्वासीहरूका निम्ति चिन्ह हो ….. । येशूले अविश्वासीहरूलाई चिन्ह देखाउनको लागि आश्चर्यपूर्ण काम गर्नु भयो तर अन्य भाषा बोल्नु भएन । किनकि अन्यभाषाको अर्थ पनि खोलिनु पर्दछ । येशूको आश्चर्यकामलाई त बालजिबुलको शक्तिबाट गरेको हो भन्ने त्यस समयका मानिहरूले झन अन्यभाषा बोल्नुभएको भए अझै के के भन्थे । हामीले बुझ्नु पर्छ, यस्तो कुरामा हामी प्रश्न गरेर बस्नुभन्दा हामी हाम्रो विश्वासमा स्थिर रहनु पर्छ अनि यो बुज्नु पर्छ कि अन्य भाषा हामी मानिस जातिको लागि हो ।